नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासी जिल्ला अदालत, परासीमा कार्यरत कम्प्युटर अपरेटरलाई घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको छ ।

लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा निज रामलखन बनियालाई सेवाग्राहीबाट रू.२ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट २०८२।०१।२४ गते नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

यस बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here