वीरगंज। सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई रु. ५,७०,००० (पाँच लाख सत्तरी हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा उनलाई बिहीवार जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थलीबाट नियन्त्रणमा लिइएको हो।

विज्ञापन

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। अख्तियारले भ्रष्टाचारका विरुद्ध कठोर कदम चाल्दै आएको सन्दर्भमा यो कारबाहीलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here