वीरगंज, ०३ असार – लायन्स क्लब अफ संस्कृति गोल्ड वीरगंजले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा हस्तान्तरण गरेको छ। क्लबकी अध्यक्ष रितिका जैसवालको नेतृत्वमा उक्त कपडा वीरगंज कपडा बैंकको कार्यालयमा पुगी बैंकका अध्यक्ष लालबाबु सिंहलाई प्रदान गरिएको हो।

सो अवसरमा क्लबकी सदस्य नितु गुप्ता, वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्यद्वय निला राम र नवराज भट्टराई तथा कर्मचारी शोभा देवीको उपस्थिति रहेको थियो।

विज्ञापन

कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष जैसवालले वीरगंज कपडा बैंकले विगत केही वर्षदेखि बिपन्न, असहाय, आगलागी तथा बाढी पीडितहरूको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाको प्रशंसा गर्दै भनिन्, “चाडपर्वको समयमा नयाँ कपडा किन्न नसक्नेहरूका लागि नयाँ जस्तै कपडा उपलब्ध गराउने यस सुकार्यमा हामीले हातेमालो गरेका छौँ। आगामी दिनमा पनि हाम्रो साथ र सहयोग निरन्तर रहनेछ।”

कार्यक्रममा बैंकका सल्लाहकार उपाध्यायले ‘तपाईं संग धेरै छ भने दिनुहोस्, तपाईं सँग छैन भने लिनुहोस्’ भन्ने मुलमन्त्र आत्मसात गर्दै ‘कोही पनि नाङ्गो नरहोस्, सबैले सुकिला कपडा लगाउन पाओस्’ भन्ने उद्देश्यका साथ कपडा वितरणको सेवा चलिरहेको जानकारी दिए। उनले बाढी, आगलागी तथा अन्य विपद्को समयमा गाउँ–गाउँमा पुगेर पीडितलाई कपडा, खाद्यान्न तथा आवश्यक सहयोग उपलब्ध गराइने कार्यको चर्चा गर्दै क्लबप्रति आभार व्यक्त गरे।

यसैगरी, अध्यक्ष सिंहले गत आइतवार धोबीनी गाउँपालिका–५ मा चट्याङ लागेर आगलागी हुँदा असेशर दासको घरमा भएका सम्पूर्ण लत्ताकपडा, गरगहना, नगद जलेर नष्ट भएको जानकारी दिँदै पीडितका लागि टिसर्ट, हाफ पाइन्ट, कुर्ता–सुरुवाल, कम्बल, शालजस्ता सामग्री तथा खाद्यान्न र नगद सहयोग गर्न सबै मानवतावादी सहयोगी हातहरूप्रति अपिलसमेत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here