वीरगंज, २७ असार — साउथ सिटी हस्पिटलले वीमनपा–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गर्मीयाममा रक्त अभाव भइरहेका बेला आयोजना गरिएको कार्यक्रममा १२ जना महिलासहित ४१ जना स्वयंसेवकले रक्तदान गरे।

रक्तदान गर्नेहरूमा अन्जली यादव, बिनिता श्रेष्ठ, सोफिया मल्ल, रितिका यादव, मिना पाण्डे, अन्जनी यादव, प्रनिशा न्योपाने, प्रीयान्शु यादव, दिलमाया प्रजा, लालबाबु चौधरी, जितेन्द्रकुमार यादव, साहिल अन्सारी, रामबाबु मुखिया, मो नुरबाबु हास्मी लगायत युवाहरुले रक्तदान गरी मानवताको उज्जयालो देखाए।

विज्ञापन

कार्यक्रममा साउथ सिटी हस्पिटलका प्रशासन प्रमुख लालबाबु चौधरीले “रक्तदान महादान, जीवनदान हो” भन्दै अस्पतालले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले पछिल्लो समय वीरगंज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदानमा सहभागी सबैजनालाई आभार व्यक्त गरे।

नेपाल रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले पछिल्ला दुई महिनायता अत्यधिक गर्मीका कारण रक्तदाताको सङ्ख्या घटेको र यसले उपचारमा समस्या उत्पन्न भएको बताए। “हामी लगातार अपिल गरिरहेका छौं, आजको कार्यक्रमले केही अभाव पूर्ति गर्न सहयोग पुगेको छ। तर माग अझै उच्च छ, सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गर्दछु,” उनले भने।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दयाशंकर सिंह, रेशमकोठी उपशाखाका सचिव तथा वीरगंज कपडा बैङ्कका अध्यक्ष तथा पत्रकार लालबाबु सिंह, अभिलाष गुप्ता, राज सराफ, राम आर्य, अर्जुन गुप्ता, प्रह्लाद चौरसिया लगायतका पत्रकार तथा सामाजिक अभियन्ता, हस्पिटलका कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रक्तदान कार्य सफल बनाउन नेपाल रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख पाण्डेयको नेतृत्वमा प्राविधिक जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतले उल्लेखनीय सहकार्य गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here