तस्विर : सौजन्य

वीरगंज, १३ साउन – वीरगंज मनपा वडा नं १५ भिस्वास्थित नवदीप एकेडेमीमा हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको शपथग्रहण तथा वार्षिक पुरस्कार वितरण समारोह उत्साहपूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उल्लेख गर्दै भने, “यस्ता अभ्यासले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न मार्गदर्शन गर्छ।”

विज्ञापन

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरको प्रशंसा गर्दै नवदीप एकेडेमीलाई प्रेरणादायी मोडेलको रूपमा उल्लेख गरे।

समारोहमा डा हरिशंकर साह, इमामुद्दिन अहमद, प्रकाश उपाध्याय, फजिल अहमद, बिरेन्द्र यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

विद्यालयकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित छात्र नेताहरू आर्यन साह (हेड ब्वाय) तथा प्रियांका साह (हेड गर्ल) सहित हाउस क्याप्टेन्सहरूले विधिपूर्वक सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्। समारोहमा स्थानीय अभिभावक, सामाजिक अगुवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here