वीरगंज, पर्सा – जिल्ला प्रहरी कार्यालय, पर्साले साउन-२०८२ को उत्कृष्ट प्रहरी घोषणा गरेको छ। इलाका प्रहरी कार्यालय एकटाँगा, पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक बिकाउ साह यस महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) छनोट भएका छन्।
उल्लेखनीय कार्यको क्रममा, २०८२।०४।१७ गते पर्साको जिराभवानी गाउँपालिका वडा नं५, शंकरसरैया बस्ने ३२ वर्षीय जितेन्द्र माझी मुसहरले घरायसी विवादका कारण आफ्नै पत्नी २४ वर्षीया असपतलीया देवी मुसहरमाथि हात मुक्का र लठ्ठीले घाँटीमा समेत प्रहार गरी मारेको सूचना प्राप्त हुनासाथ बिकाउ साहले तत्काल घटनास्थलमा पुगेर प्रतिवादीलाई घेराबन्दीमा राखी पक्राउ गर्न सफल भएका थिए।
साथै, आफ्नो मातहतको क्षेत्रमा कुनै अप्रिय घटना नघट्ने सुनिश्चित गर्दै जनताको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
बिकाउ साह इलाका प्रहरी कार्यालय एकटाँगा पर्सामा कार्यरत अस्थायी प्रहरी पोष्ट शंकरसरैया, पर्सामा कार्यरत छन्।
साउन महिनाको उत्कृष्ट प्रहरी छनोटमा पर्न सफल साहलाई पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रद्वारा हार्दिक बधाई व्यक्त गरिएको छ।

























