पोखरिया, १६ भदौ — राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको पोखरिया नगरपालिका–७, गोविन्दपुरमा सोमवार प्रथम वडा भेला सम्पन्न भएको छ।
भेलाले महमुद मियाँ मसुरिको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीमा जनक पण्डित उपाध्यक्ष, मोहम्मद केश मन्सुरी सचिव र अन्य सदस्यहरु चयन भएका छन्।
कार्यक्रममा पार्टीका ३ नं क्षेत्रीय सभापति मनोज कुर्मी, पोखरिया नगर पार्टी सचिव खाली मियाँ, वडाका जनसमुदाय लगायतको विशेष उपस्थिति थियो।
रास्वपा पोखरियाका नगर सभापति प्रदीप पटेलको सभापतित्वमा सम्पन्न भेलालाई क्षेत्रीय सभापति मनोज कुर्मी, कन्हैया शाह, राजेन्द्र कुर्मी लगायतका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रमको सहजीकरण जितेन्द्र पटेलले गरेका थिए।

























