वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी कर्तव्य गरी मारेको आरोपमा पक्राउ परेका चारजना प्रतिवादी पूपक्र्षको लागि कारागार चलान भएका छन् । मिति २०८२।०६।१४ गते राति ११ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० गिता मन्दिर सडक छेउमा लागेको मेलामा शिवमको हत्या गर्ने खुनी दरिन्दे नामक वाट्सएप समूहका चारजनालाई पर्सा जिल्ला अदालत पर्साको चलानी नं.०८२–५१–००३५३१ को आदेश पत्रद्वारा वीरगंज कारागारमा चलान गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेललगायत चारजना वीरगंज कारागारमा चलान गरिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here