वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ ।
कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले कुम्भ स्नान गरी पूजाअर्चना, दीपदान र दान–पुण्य गरेका छन ।
फेटा गाउँँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा पर्सा तथा बाराका भक्तजनहरु पुगेर दीप प्रज्वलन र धार्मिक अनुष्ठानहरू गरिएको छ । यस दिन व्रत बस्ने, भगवान् शिव र विष्णुको आराधना गर्ने, तथा तुलसीको पूजा गर्ने विशेष परम्परा रहँदै आएको छ। भगवान् विष्णुलाई समर्पित सत्यनारायणको पूजा पनि आजको दिन विशेष फलदायी मानिन्छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here