वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको जनाएको छ ।
सूचनाको आधारमा कात्तिक २६ गते मध्यान्ह १२ः०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बडेर्वा पेट्रोलपम्प स्थित सडकखण्डबाट प्रहरी चौकी मनवाको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ संकाष्पदरूपमा तीन जना पैदल हिंडिरहेका व्यक्तिहरूलाई खानतलासी गर्दा गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएको छ ।
पक्राउ पर्नेमा भारत विहार बैशाली जिल्ला विदुपुर ग्राम बस्ने वर्ष २३ को राजा कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी. १९० ग्राम, सोही ठाउँको राजामाइकल पञ्चायत बस्ने वर्ष २३ को बिशाल कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.२५० ग्राम र छपरा जिल्ला सोनपुर ग्राम वडा नं.३ बस्ने वर्ष २४ को पिन्टु कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.३०० ग्राम गरी जम्मा प्लाष्टिक वाहेक ९ के.जी.३८० ग्राम गाँजा बरामद भएको प्रवक्ता बस्नेतले जानकारी गराए ।
उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जानकारी गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here