– बलिराम शुक्ला पर्सागढी, १ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।
उसले ७२.९९ अङ्क प्राप्त गरेर मधेशका स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको हो ।
१०० पूर्णाङ्कमध्ये पर्सागढीले ७२.९९ अङ्क प्राप्त गरेको छ, जुन अन्य सबै तहको तुलनामा सबैभन्दा बढी हो।
आयोगले स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ। सोही मूल्यांकनका आधारमा केन्द्र सरकारबाट पाउने समानीकरण अनुदानको परिमाणसमेत निर्धारण हुन्छ।
दोश्रोमा बाराको प्रसौनी गाउँपालिका ७०ं.२४ अङ्क प्राप्त गरेको छ । त्यसैगरि पर्साको पटेर्वा सुगौली ६७.९९ अङ्क सहित तेश्रो स्थानमा रहेको छ । रौतहटको गौर नगरपालिका ६६।१७ अङ्क सहित चौथो स्थानमा रहेको छ ।
सुरूङ्गा नगरपालिका ६५ .३८ अङ्क प्राप्त गरि पाँचौ स्थानमा रहेको छ भने बाराको परवानीपुर गाउँँपालिका ६५.१७ अङ्क प्राप्त गरि छैठौं स्थानमा रहेको छ ।
त्यस्तै पर्साको ठोरी गाउँँपालिका ६५.१७ अङ्क सहित सातौ स्थानमा रहेको छ ।
पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले आज एक बिज्ञप्ति निकाल्दै मूल्यांकनमा मधेस प्रदेशमै पहिलो भएकोमा प्रमुख प्रसासकिय अधिकृत, सम्पूर्ण विषयगत शाखाहरू, शैक्षिक सस्था, स्वास्थ्य शाखा, साथै नगरपालिकाभित्र रहेका सबै सेवा प्रदायक संस्थाहरू, नागरिक समाज, पत्रकार हरूलाई धन्यवादसहित कृतज्ञता प्रदान गरेका छन्।
प्रदेशमा पचास वटा स्थानीय तहले ५० अङ्क कटाउन सकेका छैनन ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here