वीरगंज, १४ फागुन :नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं. २ लम्मीपुरमा बिहीबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
चुनावी अभियानलाई तीव्र बनाउँदै रिजाल, मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट र संवादमा सहभागी भएका थिए ।
कार्यक्रमका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा विस्तृत छलफल गरेका थिए । मतदातासँगको संवादमा उनले विगतमा सम्पन्न गरेका विकासे कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा बाँकी योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयले क्षेत्रको समग्र विकास, सडक स्तरोन्नति, सिंचाइ सुविधा, खानेपानी व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह पनि गरेका थिए ।
घरदैलो कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको जनसहभागिताले कांग्रेसप्रति क्षेत्रको समर्थन मजबुत बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्