वीरगंज, २ वैशाख । भारतीय नम्बर प्लेट भएका सवारीसाधनहरूलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा चेकिङ अभियान गरिएको छ।
बुधवार छपकैया प्रहरी बिट अगाडि रहेको सडक खण्डमा सवारी साधनहरूको कागजात जाँचका क्रममा ११ जना चालकसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक तथा आवश्यक कागजात नभएको एवं इन्ट्री समेत नगरिएको पाइएपछि जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको पाइएकोले ती सवारीसाधनका चालकहरूलाई सम्झाई–बुझाई छाडिएको बताए।
प्रहरीले यस्ता कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर रूपमा कडाइका साथ चेकिङ अभियान सञ्चालन गरिने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here