वीरगन्ज ,३ बैशाख । परवानीपुरमा हुने पाँचौं परवानीपुर गोल्डकप–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक शक्ति युवा क्लब ले बिहीबार पत्रकार सम्मेलन गरेर वैशाख ५ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।

यो प्रतियोगिता एक हप्तासम्म चल्नेछ र यसमा ८ वटा टिम सहभागी हुनेछन्—भारतको १ र नेपालका ७ टिम। सहभागी टिमहरूमा शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब रहेका छन्।

प्रतियोगिता परवानीपुर खेल मैदानमा दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ, जसको अनुमानित लागत करिब १७ लाख रुपैयाँ रहेको छ।

पुरस्कार विवरण:

  • प्रथम: २ लाख रुपैयाँ
  • द्वितीय: १ लाख रुपैयाँ
  • उत्कृष्ट खेलाडी (प्रतियोगिता): ५,१०० रुपैयाँ
  • साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड र हरेक खेलका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ

“राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने नारासहित आयोजना हुने यस प्रतियोगितालाई सफल बनाउन आयोजकले स्थानीयवासी, खेलप्रेमी, व्यवसायी, सुरक्षा निकाय र सञ्चारकर्मी सबैसँग सहयोगको अपिल गरेको छ।

साथै, प्रतियोगिता सफल बनाउन र खेललाई राजनीतिबाट अलग राख्नुपर्ने कुरामा समेत स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here