राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागमा उप-अनुसन्धान निर्देशक पदमा बहाल हेमन्त चौधरीले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको पुष्टि भइ निज चौधरी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँले कैद र जरिवानाको माँगदाबीसहित आइतवार बिशेष अदालतमा मुद्दा दायर गरेको छ।
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको हुँदा छानबिन गरी पाउँ भन्ने उजुरी निवदेन परेको थियो। 
सो उजुरीमाथि अनुसन्धान हुँदा उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएका थिए।
चौधरीले माथिल्लो विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज हेमन्त चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई आइतवार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
(राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।)
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन