वीरगंज २० कात्तिक । कालिकामाई गाउँपालिका–१ मुडलीमा जन सेवा नेपालले आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
जनता माध्यमिक विद्यालय परिसरमा छठ पूजाको शुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जन सेवा नेपालका अध्यक्ष राधेश्यामप्रसाद पटेलको अध्यक्षता एवं पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अजय कुमार पटेल, वडाध्यक्ष अध्यक्ष लालबाबू राउत बरई लगायतकाको उपस्थिति रहेको थियो।
कार्यक्रममा भुपेन्द्र कुमार साह, गजेन्द्र साह, सुरेन्द्र साह, राम किशोर महतो, उदय सिंह, सन्दिप पटेल,पिन्कु राम, राजु राम, जुनैद हुसैन लागायतकाहरूले रगतदान गरेका थिए । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं वीरगंज रक्त संचार केन्द्रका मनिष गुप्ता, जितेन्द्र कुश्वाहा, नितेस यादव लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन