वीरगंज, १३ असार  — सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका–८ स्थित ​बिपिसी कलेज, वीरगंजमा “साइबर क्राइम तथा उत्प्रेरणा सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय​, पर्साको संयोजन तथा कलेजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा​ प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र प्रहरी उपरीक्षक मिश्रले सहभागीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, हैकिङ, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा युवाहरूमा बढ्दो नकारात्मक प्रवृत्तिबाट जोगिने उपायहरूबारे व्याख्या ​गरे । साथै उ​नले समुदाय–प्रहरी सहकार्यको महत्वमा पनि जोड दि​ए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका​ र विद्यार्थीहरू गरी करीब ​तिन सयजनाको उपस्थिति रहेको थियो।

विज्ञापन

कार्यक्रमको उद्देश्य विद्यार्थी तथा शिक्षकहरूलाई साइबर अपराधबारे सचेत पार्नु, डिजिटल माध्यमबाट हुने आपराधिक गतिविधिका जोखिम र बच्ने उपायबारे जानकारी दिनु, साथै युवाहरूमा सकारात्मक प्रेरणा जगाउनु रहेको थियो।

कलेज प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिकता, जागरूकता र सामाजिक जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको समापनमा विद्यालय प्रशासन र प्रहरीले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here