वीरगंज, ९ फागुन । रोटरी क्लब वीरगंजले रक्तदान नै जीवनदान नाराका साथ आयोजना गरेको कार्यक्रममा तीनजना महिलासहित ४९ जनाले रक्तदान गरेका छन् ।
रोटरी क्लब वीरगंज र रोटरी क्लब मेट्रोपोलिस क्लबले संयुक्त रूपमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा बिधा भारती, स्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम, आयुष सिंह, रवि श्रेष्ठ, श्याम अग्रवाललगायत ३ महिला सहित ४९ जनाले रक्तदान गरेको मेट्रोपोलिसका अध्यक्ष संजय जोशीले बताए ।
माइस्थान पार्कमा सम्पन्न रक्तदान कार्यक्रममा रोटरी क्लब वीरगंजका अध्यक्ष सुनिल खेतान र रोटरी क्लब मेट्रोपोलिसका अध्यक्ष संजय जोशीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी जगदिश शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नारायणी अस्पतालका मेसु डा. चित्तरन्जन साह, डा. आनन्द अग्रवाल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रोटरी क्लबका पूर्व अध्यक्ष शशि रन्जन कलवार, गहवामाइ रथयात्रा वीरगंजका महासचिव लक्ष्मी गुप्ता (पप्पु), रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे लगायत रोटरी क्लबका पदाधिकारी सदस्यहरूलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here