वीरगंज, २१ फागुन ।

पर्सा जिल्लामा बिहीवार शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्सामा कुल ३ लाख ७३ हजार ५१३ मतदाता रहेकोमा झन्डै ६५ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी गराए ।

पर्सा निर्वाचन क्ष्Fेत्र १ नं. क्षेत्रमा ९९ हजार ६३८, २ मा ९५१२०, ३ मा ९६५४२, ४ मा ९५२१३ मतदाताहरु रहेको जनाइएको छ । पर्साको मतदान सकिएपछि मतपेटिका सिल गरी ढुवानी गरेर मतगणना स्थलमा पुर्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्साले जनाएको छ ।

पर्साको १ देखि ४ सम्म कुल १६७ मतदानस्थलमा ४४१ मतदानकेन्द्र रहेका छन् र पर्साको एक र दुई निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्रको ठाकुर राम बहुमुखी क्याम्पसमा र ३ र ४ को पोखरिया उच्चांगल माविमा हुने भएकोले मतपेटिका ढुवानी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराए । सुरक्ष्Fाकर्मीको कडा निगरानीमा मतपेटिकाहरु मतदान केन्द्रबाट मतगणनास्थलमा पु¥याउने काम भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी गराए । पर्सा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना हुने ठाकुर राम बहुमुखी क्याम्पसको पछाडिपटीको भवनको माथिल्लो तल्लामा मतगणना हुने जनाइएको छ ।

त्यस्तै पर्सा निर्वाचन क्ष्Fेत्र नं. ३ र ४ को पोखरिया जिल्ला उच्चांगल माविमा मतगणनाको तयारी भएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी गराए ।  मतपेटिका मतगणनास्थलमा आइसकेपछि रुजु गर्ने र भण्डारण कक्षमा भण्डारण गरिसकेपछि सर्बदलीय बैठक राख्ने तयारी रहेको उनले बताए । यदि बैठकले आज अबेर राति नै मतगणना गर्ने सहमति गरेर निर्णय गर्याे भने मतगणना शुरु गर्ने वा शुक्रवार बिहानदेखि मतगणना हुने उनले जानकारी गराए ।

ठाकुरराममा मतगणना हुनुभन्दा अगाडि सशस्त्र प्रहरी भन्सार गुल्म वीरगंज मातहतको दुईवटा तालिमप्राप्त कुकुरबाट मतगणना हुने कोठा, भण्डारण कोठा र मतगणना स्थल वरिपरि सूक्ष्म चेकजाँच गरिएको छ । विस्फोटक पदार्थ छ कि छैन भनेर सुरक्षाकर्मीको सो चेकजांच गरेको हो ।

पर्साको मतगणना गर्ने ठाउँमा कडा सुरक्ष्Fा निगरानी व्यवस्था मिलाईएको बताइएको छ । सिसिटिभीको निगरानीमा तारजालीभित्र मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन क्ष्Fेत्र नं. ३ र ४ को एउटै कोठामा पोखरियामा मतगणना हुन्छ भने ठाकुर राममा १ र २ को छुट्टाछुट्टै कोठामा प्रत्यक्ष्Fतर्फको मतगणना हुन्छ ।  मतगणना शुरु भएको ३० घण्टाभित्र प्रत्यक्षतर्फको नतीजा आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालय, पर्साले जनाएको छ ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here