विरगंज २४ मंसीर । पोखरिया नगरपालिकाको सहयोग र पोखरिया नगरपालिका वडा नं.६ को आयोजनामा टि टूवेन्टि पाचौ मेयर कप २०८० क्रिकेट टूनामेन्ट पोखरियाको शेरा फिल्डमा आज देखि शूरु भएको छ । टूनामेन्टमा प्रथम पूरस्कार नगद रु.१०१०००।०० तथा दोस्रो पूरस्कार रु.५१०००।०० नगद, मैन अफ दि सिरिज नगद रु.९०००।०० वेस्ट बैटसमैन ७०००।००, वेस्ट वौवलर ७०००।०० नगद पूरस्कार राखिएको छ । खेलमा ८ वटा पालिकाका क्रिकेट समूह समावेश गराइएको छ । आजको पहिलो दिन ग्रूप ए बाट पोखरिया नपा र गू्रप बि बाट विन्दवासिनी गा पा विच खेल सम्पन्न भएको छ । विन्दवासिनी गापाले टस जितेर ७विकेट गूमाएर २० ओभरमा १८५ रन बनाएको थियो । पोखरिया नपाले लक्ष्य पछयाउदै ८ विकेट गूमाएर २० ओभरमा १८४रन बनाएर पराजित भएको थियो । विन्दवासिनी गा पा परवेज आलम ४ओभरमा ३०रन दिएर ४ विकेट लिएर मैन अफ दि मैच बनेका छन् ।
प्रमूख अतिथि पोखरिया नगर प्रमूख प्रदूमन प्रसाद चौहानले रिवन काटी खेलको उदघाटन गरेका थिए । विशिष्ट अतिथि नगर उप प्रमूख रुवि ठाकूर,नि.प्रमूख प्रशाकिय अधिकृत अजय श्रीवास्तव, वडा अध्यक्ष सिमानन्द चौहान, नौसाद आलम, नेकपा नगर कमिटि अध्यक्ष विन्ध्याचल ठाकूर, समाजसेवी सूजीत गिरी, भगवान दास तत्वा लगायत क्रिकेट प्रेमीको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















