धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा सबै लागौँ ः मेयर सिंह
महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन
वीरगंज, २४ मंसिर
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको छ ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह पनि गर्नुभयो ।
केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने पनि बताउनुभयो ।
वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा सबै लागौँ ः मेयर सिंह महानगरद्वारा...
धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा सबै लागौँ ः मेयर सिंह महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















