अभितक, माघ १०
वीरगंज । पर्सा जिल्लाको पटेर्वा सूगौली गाउपालिकाको प्रशासकीय भवनको भूइतलाको छत ढलान कार्यक्रम सम्पन्न भएको छ । प्रशासकीय भवन पटेरवा सूगौली गाउपालिका वडा नं.४ ठूलो सूगौलीमा बन्न लागेको हो ।
१० वटा प्रशासकीय कोठा क्षेत्रफल ४९३३।४६ स्कवाएर मा बन्न लागेको हो । तीन तल्लासम्म बनाउन ६ करोड २लाखको लागत जसमा ४०परसेन्ट गाउपालिका र ६० परसेन्ट संघको लगानी बाट बन्न लागेको गाउपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी गराएका हून् ।
हाम्रो कटूवाल जे.भी.नाम गरेको कम्पनीले ठेक्का लिएको र आउदो आर्थिक वर्ष ०८१।०८२मा सम्मपन हूने जानकारी अध्यक्ष्ँ चौधरीले बताए ।
अहिले गाउपालिकाको प्रशासनिक कार्य भन्ने गाउपालिका वडा नं.४ मा रहेको धर्मशालालाई तल्ला थप गरी संचालन भइरहेको र कूनै किसिम भाडा तिर्नू पर्ने बाध्यता नरहेको उपाध्यक्ष ममता महतोले जिकिर गरीन् ।
धार्मिक परम्परा अनूसार पूजा पाठा गरेर भूइ तल्लाको ढलान कार्य शूरु भएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष ममता महतो, शिव बालक ठाकूर, सजिना वि.क.,मिना देवी मूसहरीन, प्रभावती देवी, नूरबानी देवी मियाइन, कल्वी देवी मूसहरीन लगायत वोर्डका सबै सदस्यको सहभागिता रहेको थियो ।