विज्ञापन

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा महिलाहरुको क्षमता वृद्घि गर्ने उदेश्यले १० दिने साडी कढाई तथा फल्स सम्बन्धि तालिम सम्पन्न भएको छ । सूनौलो नेपाल कृषि अनूसन्धान तथा तालीम केंद्र प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो । यो तालिममा पोखरिया नगरपालिका वडा नं.१ वनकटवाका ३०जना महिलाहरुको सहभागिता रहेको थियो ।
त्यस्तै पोखरिया नगरपालिका वडा नं.४मा पनि डल कूशन बनाउने तालिम को पहिलो दिन उदघाटन भएको थियो । बौद्घिमाई डेवलोपमेन्ट स्कील सेंटर प्रा.लि.को आयोजना र पोखरिया नगरपालिकाका सहयोगमा सम्पन्न भएको हो । महिलाहरुलाई दक्ष र सबल बनाउने उदेश्यले यो तालिम राखेको प्रमूख अतिथि प्रदूमन प्रसाद चौहानले बताएका थिए । स्थानीय सरकार आएदेखि महिलाहरुको सहभागिता र महिलाहरुको उत्थानका निमित छूटाछूटै २ वटा वडामा तालिम राखिएको हो । तालिम प्राप्त महिलाहरु आफै सानो सानो व्यवसाय गरेर आम्दनी गर्न सक्ने नि.प्रमूख प्रशासकिय अधिकृत अजय श्रीवास्तवले बताएका थिए ।
दूइटै वडा मिलेर ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रमोद गिरी, विनोद पाण्डेय, सामाजिक विकास शाखाका नरेन्द्र साह लगायतको उपस्थिती रहेको थियो ।

 

विज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here