वीरगंज महानगरपालिका वडा नं.९ मा १ महिने व्यूटिसियन तालीम समपन्न भएको छ । महिला तथा बालबालिका विकास संस्था पर्साको आयोजना र वीरगंज महानगरपालिका वडा नं.९को सहयोगमा वडा कार्यलयको हालमा १ महिने व्यूटिसियन तालिम सम्पन्न भएको हो । तालिममा वडा ९ का २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागि महिलाहरुले तालिम गरेर आफनो व्यसाय गरेर आय आर्जन गर्न सक्ने वडा अध्यक्ष जवाहर प्रसाद गूप्ताले बताएका थिए । पछिल्लो साल वीरगंजमा पानीको हाहाकार भएको बेला केही बजेट खानेपानीको व्यवस्थापनमा खर्च भएकोले यसमा मात्र ३लाख बजेट मात्र छूटयाएको बताए । महिलाहरुलाई दक्ष बनाउने उदेश्य रहेको ले सहभागि सबै महिलालाई आउने दिनमा व्यूटिसियन एडभान्स कोर्स गराउने योजना रहेको अध्यक्ष गूप्ताले जनाएका छन् ।
यो तालिम प्राप्त गरेर के गर्ने भन्ने तालिममा सहभागि महिलाहरुसंग वडा अध्यक्षले प्रतिक्रिया लिदा, आफू सिकेका कूराले आफनो व्यवसाय गर्ने सहभागि महिलाहरुको प्रतिक्रिया रहेको थियो ।
पौष महिना २३ गते संचालन भएको तालिम माघ २५ गते समापन भएको थियो भन्ने १७ वर्षका अनूभवी ओम कूमारी शर्माले महिलाहरुलाई व्यूटिसियनको तालिम दिएका थिइन् ।
कार्यक्रममा वडा सचिव रमेश श्रेष्ठ, वडा सदस्य नन्द किशोर चौहान, लालबाबू कलवार, गिता मानन्धर, कूमारी सोनीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here