अभितक, वीरगंज, ९ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत पहिलो खेल पोखरिया नगरपालिका र जगरनाथपूर गापा वीच भएको छ । पोखरिया नगरपालिका टिम टास जितेर ब्याटिंग गर्दा निर्धारित १६ओभरमा सबै विकेटको नोक्सानीमा १४९ रन बनाएको छ ।

१५० रनको लक्ष्य लिएका जगरनाथपूर गापा १३ ओभरमा सबै विकेटको क्षतीमा ६८ रन बनाएको छ । पोखरिया नगरपालिका ८१ रन फरक रनले विजय भएको हो ।

विकास दास २३ बौलमा ४३ रन बनाएको र ४ ओभरमा ९ रन दिएर १ विकेट लिन सफल भएका पोखरिया नगरपालिकाका विकाश दास मैन अफ द मैच बनेका हून ।

आजको यो पहिलो खेलमा पोखरिया नगरपालिका विजयी भएका र दोश्रो खेल बहूदरमाई नगरपालिका र सखूवा प्रसौनी (देउरबाना) विच भइरहेको सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here