अभितक, वीरगंज, १४ फाल्गून । वीरगंज कलेजले दोस्रो चोटी फूड स्टल र सास्कृति कार्यक्रम यही १८ र १९ गते गर्ने योजना बनाएको छ । कार्यक्रम घण्टाघर नजीकैको पार्कमा हूनेछ । विद्यार्थीहरुलाई पढाइको साथ साथै उद्यमशीलता तीर प्रेरणा दिने उदेश्यले यो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर फागुण १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवर्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताए ।
खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा।चौधरीले बताए ।

मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।

गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताए । खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताए ।

विद्यार्थीहरुको पाठ्यक्रमको अध्ययन मात्रै नभई उनीहरुलाई स्वरोजगार बनाई आयआर्जनका लागि प्रोत्साहन गर्नका लागि पनि मेला सहज माध्यम हुने क्याम्पस प्रमुख गुप्ताको भनाई छ ।

खाना तथा सांस्कृतिक मेला आयोजना गर्न लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्य प्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोग हुनेछ ।
आन्तरिक श्रोत, मुख्यप्रायोजक, प्रायोजक र सह प्रायोजकबाट प्राप्त कोषको रकम स्टल, स्टेज, लाईट, साउण्ड लगायतका भौतिक साधनहरुमा खर्च गरि बिद्यार्थीहरुलाई उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
मेलामा स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समुहलाई दिइनेछ ।

उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरणका लागि राख्ने छन् । स्टलबाट विक्री भएको आम्दानी बिद्यार्थीहरुको हुने र कलेजले बिद्यार्थीहरुसंग कुनै शुल्क नलिएको पनि डा।चौधरीले बताए । कलेज परिसमा भएको पत्रकार सम्मेलनको संचालन पत्रकार मनोज पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here