विज्ञापन

अभितक, वीरगंज, १६ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको फाइनल खेल कालिकामाई गापा विजयी भएको छ । कालिकामाई गापा टस जितेर ब्याटिंग गरेको थियो ।

कालिकामाई गापा टास जितेर बैटिग गर्दा निधार्रित २० ओभरमा ६ विकेट गूमाएर १४९ रन बनाएको थियो ।

विज्ञापन

१५० रनको लक्ष्य पछयाउदै छिपहरमाई गापा २० ओभरमा ९ विकेटको क्षतिमा १०५ रन बनाएर ४४ रनले हारेको छ । कालिकामाई गापाका मनू हजरा २१ बलमा २० रन र ३ ओभरमा १८ रन दिएर २विकेट, क्याच ३ वटा गरेर मैन अफ दि मैच भए ।

विजेता टिमलाई सखूवा प्रसौनी गाउपालिका अध्यक्ष जसवन्त यादवले ५१हजारको चेक र ट«फी, उपविजेतालाई २५हजार र ट«फी दिएर सम्मान गरेका थिए ।

त्यस्तै १३विकेट लिएर १३२ रन बनाएका कालिकामाई गापा का अजय महतो मैन अफ दि सिरिज भएका थिए ।

वेस्ट बवलर गौरीशंकर यादव, संदिप पटेल १३४ रन बनाएर वेस्ट व्याटस मैन, वेस्ट फिल्डर हरिकेश्वर पटेललाई नगद रु ५०० का दरले नगद र ट«फी प्रदान गरेर सम्मानीत गरीएको थियो ।

सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here