अभितक, वीरगंज, १६ फाल्गून ।
वीरगंज कलेजको आयोजनामा दूइ दिने खाना तथा सांस्कृतिक मेला शूरु भएको छ । विद्यार्थीहरुको पढाइको साथ साथै सिकाई र आत्मबल बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वीरगंज कलेजका अध्यक्ष डा.दिपेन्द्र चौधरीले बताएका छन् ।
देशको बदलिदो परीस्थितीमा विद्यार्थीहरुको मनोभावना बलियो बनाउनका लागि सिक्दै कमाउदै भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरीएको हो । यो कार्यक्रम दूइ दिनको लागि वीरगंजको घन्टाघर नजिक राखिएको बताइएको छ । आज पहिलो दिन विद्यार्थीहरुको उत्साह बढाएन उल्लेखनीय सहभागिता रहेको थियो ।
दुई दिने मेलाको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रिबन काटेर शूभआरम्भ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भुषालले बीरगंज कलेजले त्याएको अवधारणा धेरै राम्रो भएको उल्लेख गर्नुभएको हो ।
विद्यार्थीहरुलाई अध्यापन मात्र गरेर नपुग्ने भएकोले यसको बजार ब्यवस्थापन, आर्थिक स्रोत कसरी संकलन गर्ने, मुनाफा र उदमशील मात्र भएर नहुने यसको इतिहास खोज्ने जस्ता बिषयमा पनि विद्यार्थीहरुले जान्न जरुरी रहेको बताए।
उदघाटन समारोहमा भारतीय महावाणिज्यदूतबासका देवी सहाई मिना,नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोद गुप्ता ,मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,वरिष्ठ उपाध्यक्ष हरि गौतम ,उपाध्यक्ष माधवराज पाल,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,सल्लाहकार हरि श्याम ठाकुर ,सिएमसि क्लबका अध्यक्ष रविभुषण श्रीवास्तव,वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वणकार,वडा नम्बर ५ का वडा पाँचका वडा अध्यक्ष प्रदिप चौरसिया,वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।
बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमको स्वागत मनतब्य क्याम्पस प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले गर्नुभएको थियो ।कार्यक्रमको उदेश्य माथि क्याम्पस प्रमुख विनोद गुप्ताले गर्नुभएको उक्त कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।
बीरगंज कलेजले गतवर्ष देखि शुरु गरेको कमाउदै जाउ पढदै जाउ भन्ने अवधारणा यो वर्ष पनि शुरु गरेको छ यसवर्ष विभिन्न ३२ वटा खानाका स्टलहरु राखिएको डिके जैसवालले जानकारी दिनुभएको छ।