विज्ञापन

वीरगंज, ०९ चैत्र । चैनपूर परिवारको आयोजना र परवानीपूर गाउपालिकाको सहयोगमा प्रथम चैनपूर प्रीमियर लिग क्रिकेट प्रतियोगिता २०८० शूरु भएको छ ।

चैनपूर क्यापिटल र चैनपूर रोयल चैलेन्जर्स बिच हूदा चैनपूर रोयल च्यालेन्जर्स टास जितेर फिल्डिग रोजेको थियो । चैनपूर क्यापिटल १६ ओभरमा ७ विकेट गूमाएर १२४ रन बनाएको थियो ।

१२५ रनको लक्ष्य पछयाउदै चैनपूर रोयल चैलेन्जर्स १६ ओभरमा ६ विकेट गूमाएर १२२ रन मा सिमित भएर २रनले पराजित भएको थियो ।

चैनपूर क्यापिटलका रोहन साह २१ बलमा २७ रन र ३ ओभरमा ३० रन दिएर २विकेट लिएर मैन अफ दि मैच घोषित भएका थिए ।

भोलि हूने फाइनल मैच चैनपूर इगल र चैनपूर कयापिटल विच हूने भएको आयोजक टिमका अध्यक्ष प्रदिप महतोले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here