वीरगंज, ०९ चैत्र । जगरनाथपूर गाउपालिकाले होली मिलन समारोह सम्पन्न गरेको छ । होली भाइचारा, मेलमिलाप, एक अर्कालाई माया गर्ने, एक अर्कालाई सम्मान गर्ने पर्व रहेको कार्यक्रमको प्रमूख अतिथि मधेश प्रदेशका प्रथम मूख्यमत्री लालबाबू राउत गदीले बताएका छन् ।
रंग अविर लगाएर मन मिलाएर खेल्ने पवित्र पर्व रहेको होलीको शूभकामना आदान प्रदान गर्नू भएको छ । आफूलाई गाउपालिकामा यस पवित्र पलमा आमन्त्रण गरेकामो गाउपालिका परिवारलाई धन्यवाद दिनूभएको छ ।
छोटो समयको आमन्त्रण स्वीकार गरेर गाउपालिकामा आइदिएकोमा गाउपालिका अध्यक्ष श्रीकान्त यादवले मूख्यमंत्री लालबाबू राउत गदीलाई धन्यवाद दिनूभएको थियो ।
असत्यमाथि सत्यको विजय भएकोले यस पर्वलाई मनाउने परम्परा चलेको गापा अध्यक्ष श्रीकान्त यादवले बताए । गाउपालिका को शिक्षा, स्वास्थय, कृषि, भौतिक पूर्वाधार लगायत जनताले विकाशको अनूभूति गराउन लागि परेका बताए ।
जनताले सबै कूरा हेरीरहेको र काम नगर्ने जो कोइलाइ पनि जनता दोश्रो चोटी मौका नदिएको इतिहास छ । होलीको अवसरमा सबैलाई जाड रक्शीलाई सेवन नगर्न, शान्ति माहौलमा होली मनाउन सबैलाई आग्रह गरेका थिए ।
जाड रक्शी खाएर सधै दूर्घटना हूने भएकोले सबैले सचेत हून जरुरी रहेको कार्यक्रममा उप प्रमूख बविता सिंहले स्वागत मन्तव्य राखेका थिए भन्ने कार्यक्रम संचालन स्वास्थ्य शाखा प्रमूख परमेन्दर साहले गरेका थिए ।
कार्यक्रममा प्रमूख प्रशाकिय अधिकेत कृष्णनन्दन राय यादव, वडा अध्यक्ष लक्ष्मी प्रसाद तेली, नेपाली प्रसाद कूशवाहा, सूभाष प्रसाद यादव, प्रभूनाथ प्रसाद नूनिया, किशोरी महतो नूनीया, अयोध्या प्रसाद कूर्मी, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।