विज्ञापन

अभितक, वीरगंज, १४ चैत्र । पर्साको जगरनाथपूर गाउपालिकामा पर्ने धरमपूरमा स्वास्थ्य चौकी र नाला निमार्णको लागि पूजा गरेर शिलन्यास गरीएको छ ।
पूर्व उद्योग वाण्ज्यि तथा आपूर्ती मन्त्री र पर्सा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य रमेश रिजालले शिलान्यास गरेका थिए ।

मधेश प्रदेशको २५लाग र जगरनाथपूर गाउपालिकाको २५ लाख जम्मा ४५ लाखको लागतमा धरमपूरमा स्वास्थ्य चौकी भवनको निमार्ण हून लागेको गाउपालिका अध्यक्ष श्रीकान्त यादवले बताएका छन् ।

विज्ञापन

मधेश प्रदेशले दिएको ५०लाख र जगरनाथपूर गाउपालिकाको ९लाख गरी जम्मा ५९ लाखको लागतमा ३ सय १५ मिटर लम्बाइ भएको पक्की नाला पनि निर्माण हून लागेको अध्यक्ष यादवले बताएका छन् ।

स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको सयौको संख्यामा स्थानीय भद्र भलादमीको उपस्थिती रहेको नेपाली काग्रेसका क्षेत्रिय कोषाध्यक्ष विनय भूषण दूवेदीले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here