विज्ञापन

अभितक, वीरगंज, १४ चैत्र । नेशनल मेडिकल कलेज निर रहेको साची डिस्टि«व्यूटर प्रा.लि.को गोदाममा आगो लागेर लाखौको मदिरा जलेर नष्ट भएको छ ।

गोदाममा विभिन्न ब्रान्डको वियर, भोडका, विस्की, रेडबूल, बदाम जूस, कोल्ड डिंक्स रहेको संचालक राहूल रौनियारले जानकारी गराएका छन् । मंगलबार राति अन्दाजि ८ बजे गोदाममा आगो लागे पछि स्थानिय शम्भू गूप्ताले खबर गरेका थिए ।

गस्ती गरीरहेका प्रहरीको टोली र वीरगंज महानगरपालिकाका २ वटा दमकलले उक्त आगो नियन्त्रणमा लिएको थियो ।

गोदाममा मदिरा ढूवानी गर्न राखिएको ना२च १५५९ बोलेरो पिकअप पनि जलेर क्षति भएको छ ।

गोदाममा आगो लाग्दा अन्दाजी ६० लाखको मदिरा जलेर नष्ट भएको संचालक राहूल कूमार रौनियारले जानकारी गराएका छन् । विद्यूतीय शर्ट सर्किट भएर आगो लागेको संचालकले आशंका जनाएका थिए ।

नेशनल मेडिकल जाने मेन बाटोमा गोदाम रहेकोले समयमा दमकल पूगी बोलेरो गाडी र मदिरा बढी क्षति ह’ूनबाट जोगिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here