विज्ञापन

वीरगंज २० चैत्र । पर्साको धोविनी गाउपालिकामा प्रमूख प्रशासकीय अधिकृत र जनप्रतिनिधि विच कूटाकूट भएको छ ।
प्रमूख प्रशासकीय अधिकृत प्रमोद साह र जनप्रतिनिधि विच विना सूचना १०दिन भारत गएको, कार्यालयको काममा बाधा पूगेको, योजना अल्पत्र रहेको, भूक्तानी अल्पत्र रहेको विषयमा मूखामूख भएपछि हातपात भएको खवर प्राप्त भएको छ ।

अधिकृत प्रमोद साह धोविनी गाउपालिकामामा कहिल्यै नआउने, वीरगंज बसेर कार्यालयका काम गर्ने, विना बार्गेनिंङको फाइल अगाडि नबढाउने, जनप्रतिनिधिलाई अपमान गर्ने,विना सूचना गैर हाजिर हूने, जथाभावी बोल्ने, काम सम्पन्न भइसकेको योजनाको भूक्तानी नगर्ने जस्ता कानून विपरित क्रियाकलाप गर्दै आइरहेकोले यो विवाद बढेर हानहानको अवस्था सृजना भएको स्थानीयहरुको आरोप रहेको छ ।

विज्ञापन

यता अधिकृत प्रमोद साहका अनूसार कोलेनिकाबाट सिधा कार्यालयमा पूगेको थिए । आफनो कार्यकक्षमा एक जना वडा अध्यक्ष संग योजना चलाउने विषय कूराकानी भइरहदा, दिनेश प्रसाद कलवारले योजनाको विषयमा कूरा गर्न खोजदा, वहाको कूरा सकाएर तपाइसंग कूरा गर्छू, भनेर अधिकृत प्रमोद साहले आग्रह गरेका थिए ।

ततपश्चात अफिस बाहिर निस्केर मलाई जहिले पनि अपमान गर्ने, मेरो कूरा नसूनिदिने भन्दै दिनेश गूप्ता कार्यकारी अधिकृतको कार्यकक्षबाट निस्केका थिए । यो विवाद सृजना भएको र आफूलाई हात र लात हिर्काएका आरोप लगाए ।

इलाका प्रहरीका पोखरियाका इन्सपेक्टर मोहन विक्रम केसी लाई जानकारी भए पश्चात गाउपालिकामा पूगेपछि विवाद साम्य भएको थियो । आवश्यक सोधपूछकालागि कार्यपालिका सदस्य दिनेश गूप्तालाई जिल्ला प्रहरी कार्यालय वीरगंजमा पठाइएको इलाका प्रहरी कार्यलय पोखरियाले जानकारी गराएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here