विज्ञापन

अभितक, वीरगंज २० चैत्र । पर्साको लखनपूर र प्रसौनी विच हूलाकी रोडमा बाइक दूर्घटना भएको छ । साझ करीब ८ः३० बजे विपरीत दिशाबाट आएका प्रदेश २ ०३ ००९प५३१५ प्लसर र ना७प२६०३ डिसकभर बाइक ठोकिएर दूर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

डिसकभर बाइक चलाउने पर्साको जगरनाथपूर गाउपालिका वडा नं.४ सूहपूर निवासी ३५ वर्षीय हरिन्द्र चौधरी रहेका छन् । उनी घर प्लाष्टरको लागि विन्दवासिनी बाट पाइप किनेर फर्किने क्रममा दूर्घटना भएको छिमेकी अमलेश प्रसाद यादवले जानकारी गराए ।

विज्ञापन

चौधरीलाई गम्भीर चोट लागेर वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा डा.ले मृत घोषित गरेका थिए, भने अर्को प्लसर बाइक चलाइरहेका वीरगंज निवासी रहेको विस्तृत विवरण आउन बाकी रहेको र नारायणी अस्पतालमा उपचार भइरहेको एक जनाले जानकारी गराए ।

दूइटै वाइक सवारलाई नजीकको प्रहरीले एम्वूलेन्समा राखेर वीरगंज नारायणी अस्पताल पूरयाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here