विज्ञापन

वीरगंज, १९ जेठ । वीरगंज कपडा बैङ्कले सहयोगी दाता तथा शुभेच्छुकहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कपडा बैङ्कका संरक्षक तथा प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले मन्तव्य व्यक्त गर्ने क्रममा जोसगँ धेरै कपडा छ दिएर जानुस र सहयोगपेक्षी मानिसहरुले निश्शुल्क लिएर जानुस” भन्ने मुलमन्त्र आत्मसात गरी दिनदुखी र असहाय मनिसगरुको सेवा गर्ने उद्देश्यले विगत छ वर्षदेखि निशुल्क कपडा वितरण हुँदै आइरहेको बताए । साथै दिनदुखी र असहायको सेवा गर्नु नै मानवताको सर्वोत्तम धर्म भएकोले आआफ्नो स्थानबाट सहयोग प्रदान गर्दै आइरहेका समस्त दाता, शुभेच्छुक, सञ्चारकर्मी, संस्थाका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्दै उनले घन्टाघरस्थित कपडा बैङ्कको कार्यालय, सार्वजनिक स्थल र प्राकृतिक अपदाको समयमा स्थलगत सामाजिक सेवा प्रदान गर्दै आइरहेको बताए।

विज्ञापन

त्यसैगरी, वीरगंज कपडा बैङ्कका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिंहले ‘दिएर नघट्ने, झन बढने’ नै हुनाले दिनदुखी तथा असहायजनको सेवामा समाजलाई एकजुट हुन आग्रह गर्दै कपडा बैङ्कलाई सहयोग प्रदान गर्दै आइरहेका समस्त दाता, शुभेच्छुक, संचारकर्मी, सल्लाहकार, पदाधिकारी र संस्थाका सदस्यजनहरुलाई धन्यवाद दिंदै आभार प्रकट गरे। उनले आगामी दिनमा पनि साथ र सहयोगको लागि अपिल गरे।

कार्यक्रममा वीरगंज मनपा-४ निवासी पूर्वजनप्रतिनिधी तथा नेपाली काङ्ग्रेसका नेता सञ्जय जोशीले आफ्नो आमाबुबाको सम्झनामा नगद रु पाँच हजार एक सय सहयोगराशी प्रदान गरेको कपडा बैङ्कका कोषाध्यक्ष मनोज मिश्राले बताए ।

त्यसैगरी, कार्यक्रममा सरला खनाल, सुशिला साह, किरण सरकार, कलावती सापकोटा, गोमा कँडेल, रिता सिंह, गङ्गासागर साह, गौरी गुप्ता, राजेन्द्र भट्टराई, अशोक गुप्ता, मार्टिन मोक्तान, महादेव कुर्मी, शेखर अग्रवाल, फुदन ठाकुर, युवराज पटेल, श्रवण बहादुर रायमाझी, रितेश गुप्ता लगायत दाताहरुलाई सम्मान गरिएको थियो।

कपडा बैङ्कलाई कपडा सहयोग गर्ने दाता र सञ्चारकर्मी गरी एक सय ७ जनालाई गम्छा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु अधिवक्ताद्वय पन्नालाल गुप्ता तथा प्रकाश कुमार उपाध्याय, राजेश कुमार वर्णवाल ( राजु), ओमप्रकाश सर्राफ, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खडका, अब्दुल समानी, संस्थाका पूर्वअध्यक्ष बृजेशवर प्रसाद चौधरी, अभिषेक तिवारी, पवनदिप कौर अग्रवाल, सन्दिप साह लगायत शुभेच्छुकहरुको सहभागिता रहेकों थियो। स्वागत मन्तव्य मोनिका सिंह तथा सहजीकरण कन्हैया पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here