apradh, crime
जिल्ला प्रहरी कार्यालय, पर्सा।
विज्ञापन

वीरगंज, २२ जेठ / बाराको परवानीपुर गाउँपालिका-६ खुटवा प्रसौनी बस्ने बर्ष ३० को बिकी बि.क. र निजगढ न.पा. ८ बस्ने बर्ष ५२ को बिजय कुमारलाई लागु औषध निट्राभेट-१० लेखिएको ३० पिस ट्याब्लेटसहित आईतबार प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगंज मनपा-१६ ईनर्वा गाँउबाट ना. ४९ प. ६४३० नं. को मोटरसाईकलमा रक्सौलबाट वीरगंजतर्फ आईरहेको अवस्थामा उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुर, हेटौंडा उमनपा-११ थाना भर्याङ बस्ने बर्ष ३९ को सन्तोष मिश्र र बर्ष २० को ऋषी राम ओझालाई लागु औषध ओनेरेक्स (ONEREX 100) १०० एमेल को ३ बोतलसहित आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगंजतर्फ आईरहेको अवस्थामा वीरगंज मनपा-१६ ईनर्वागाँउबाट उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो ।

विज्ञापन

यसैगरी, मकवानपुर हेटौंडा उमनपा-१ भैरबडाँडा बस्ने वर्ष २० को आशिष ओझालाई लागु औषध ईन्जेक्सन डाईजेपाम २७ एम्पुल, नुर्फिन ईन्जेक्सन ३४ एम्पुल, फेनारगन ईन्जेक्सन ३३ एम्पुल गरी जम्मा ९४ एम्पुल सहित आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण ब्युरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज मनपा १६ रजतजयन्ती चोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो ।

उपरोक्त तीनवटा घट्नाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here