मुख्य मन्त्रि तथा मन्त्री परिषदको कार्यालय, जनकपुर। तस्विर : सामाजिक सञ्जाल
विज्ञापन
नयाँ दिल्ली — भारतमा मङ्गलवार बिहानदेखि लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएको छ। यससँगै प्रारम्भिक नतिजा आउन थालेको छ । सुरूवाती नतिजामा अगाडी देखिएको भाजपा नेतृत्वको एनडीए समयको गतिसँगै उक्लिँदै गएको देखिएको छ । 
नेपाली समय अनुसार बिहान ११:२५  बजे सम्ममा ५ सय ४३ सिटको गणना हुँदै गर्दा एनडीए ३ सय ०२, इन्डिया गठबन्धन २ सय १८ सिटमा अगाडि रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । यसैगरी, अन्य दल २३ सिटमा अगाडि छन् । 
मङ्गलवार दिउँसोसम्मको मतगणना परिणामले भारतमा कस्को सरकार बन्ने तस्बिर स्पष्ट हुनेछ । बहुमतको लागि कुल सिट सङ्ख्या ५४३ मध्ये २७२ सिट आवश्यक पर्छ। 
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here