जिल्ला प्रहरी कार्यालय, ​दाङ​
जिल्ला प्रहरी कार्यालय, ​दाङ​ ।

दाङ​ / आठ वर्षीया ​एकजना बालिकालाई ​जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा ​कार्यरत भारत​को उत्तर प्रदेश​स्थित बलरामपुर​ निवासी ४४ वर्षीय दि​नानाथलाई ​मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । 

दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय​, दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ​जनाएको छ ।  

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here