apradh, crime
जिल्ला प्रहरी कार्यालय, पर्सा।
विज्ञापन

वीरगंज / पर्सा प्रहरीले लागु औषधसहित मङ्गलवार चारजना पक्राउ गरेको छ। 

वीरगंज-१६ रजत जयन्ती चोकबाट लागू औषध निट्राभेट ट्याव्लेटसहित वीरगंज मनपा ८ बस्ने वर्ष २२ को मनु साह र जिल्ला सिन्धुली हरिहरपुरगढी गापा-६ बस्ने वर्ष २३ को युवराज राना मगरलाई मङ्गलवार राती प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना१ह४८०७ नंको इरिक्सामा सवार निजहरुलाई उक्त लागू औषधसहित नियन्त्रणमा लिएको हो । 

विज्ञापन

यसैगरी,  वीरगंज मनपा-१६ रजतजयन्ती चोकबाट लागू औषध ओनेरेक्ससहित भारतको बिहार राज्यको सहरसा जिल्ला, गणगौरा बेहरा वडा नं २ बस्ने बर्ष ३१ को मोहम्द  सुभान र वडा नं ५ बस्ने बर्ष २७ को अजय कुमार गुप्तालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा लागू औषधसहित उनीहरुहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here