प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह।
विज्ञापन

जनकपुर – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जनमत पार्टीका सांसद सिंह आज मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

विज्ञापन

प्रदेश प्रमुख सुवेदी संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका बासिन्दा हुन् ।  उनी ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पाँच वर्षपछि भएको ०७९ को स्थानीय तहको चुनावमा पराजित भएका उनी केही महिनामै भएको प्रदेशसभा चुनावमा विजयी भए । 
मुख्यमन्त्री सिंहका बुवा शेखरकुमार सिंह अहिले राष्ट्रिय सभा सदस्य रहेका छन् । शेखरकुमार ०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा आबद्ध छन् । लोसपा अहिले संघ र प्रदेश दुवैमा प्रतिपक्षमा छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here