मुख्य मन्त्रि तथा मन्त्री परिषदको कार्यालय, जनकपुर। तस्विर : सामाजिक सञ्जाल
विज्ञापन
जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा गएको बुधबारको दिन विश्वासको मत  ५० परेको थियो भने बिपक्षमा ५३ मत परेको थियो ।  मुख्यमन्त्रीको पदबाट पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान थिइन् ।
 
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ।

जनमत पार्टी नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष केहीबेर अघि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख भण्डारीले बुधवार संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि शुक्रवार बिहान १० बजेको समय तोकेर दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

विज्ञापन

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहका अनुसार आज बिहान ११ बजे नै मधेस भवनस्थित कभर्ड हलमा मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुनेछ। जनमत पार्टीबाट सतिश सिंह मुख्यमन्त्री बन्दैछन।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here