apradh
विज्ञापन

बारा​ – जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१० रिकाटार​का २५ वर्षीय मानबहादुर वाईवा र मकवानपुर राक्सीराङ गाउँपालिका-५ ​का २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।

विज्ञापन

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ ​आउँदै गरेको बा१०च३६१९ ​नंको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मानबहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान ​भइरहेको ​बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here