तस्वीर : अभितक ।

पर्सा – पब्लिक ब्रोडकास्टिङ नेटवर्कसले शनिवार एक कार्यक्रम आयोजन गरी रेडियो कार्यक्रम क्विज आवरका विजेताहरुलाई पुरस्कार बितरण गरेको हो। कार्यक्रममा पर्सा, बारा र रौतहट लगाएत बिभिन्न जिल्लाका सोह्रजना विजेताहरुलाई अतिथिहरुको हातबाट पुरस्कार बितरण गरिएको थियो ।

मन्तव्य व्यक्त गर्दै अधिवक्ता प्रकाश उपाध्यायले रेडियो कार्यक्रम क्वीज आवरले बिभिन्न स्थानका श्रोताहरुलाई जोड्दै सामाजिक एकता र खासगरी विद्यार्थीहरुमा ज्ञान अभिवृद्धि हुने सराहनीय काम गरेको बताए। उनले पब्लिक ब्रोडकास्टिङ नेटवर्कसद्वारा सञ्चालित क्विज आवर कार्यक्रम विद्यार्थीहरुको लोक सेवामा जाने सङ्कल्प बढाउने भएकोले कार्यक्रमको प्रशंसा गर्दै निरन्तरता दिन सुझाव दिए ।

यसैगरी, मन्तव्य व्यक्त गर्दै नवदिप एकेडेमीकी सञ्चालिका शुशिला साहले कार्यक्रम क्वीज आवर सबैको सझा कार्यक्रम बन्दै गएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा काव्या एकेडेमीका निर्देशक हरिन्द्र कुशवाहा, शान्ति निकेतन विद्यालयका संस्थापक नागेन्द्र सिंह, सङ्कल्प लोक सेवाका अशोक साह, बान हब पोखरीयाका सञ्चालक निरञ्जन साह, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, अधिवक्ता चन्द्रीका पटेल, सामाजिक अभियन्ता कन्हैया पटेल र पत्रकारद्वय दिनेश मिश्र तथा मनोज मिश्रको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राजेन्द्र सिंह राजपुतले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here