सात पोका गाँजासहित पक्राउ परेका अमितकुमार चौधरी । तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा ।
विज्ञापन

पर्सा– लागू ओषध गाँजासहित शनिवार साँझ पर्साको पटेर्वासुगौली गापा–४ बाट एकजना मानिसलाई प्रहरीले पक्रउ गरेका छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं ४ भथौडा निवासी २३ वर्षिय अमितकुमार चौधरी साढे २२ किलो गाँजा सहित पक्राउ परेका हुन् । चौधरीले आफ्नै गाईगोठमा लुकाई छिपाइ राखेको विषेश सूचानाको आधारमा जिल्ला प्रहरी कार्यलय, पर्साबाट खटिएको प्रहरीको टोलीले खानतलासी गर्दा उक्त परिणामको लागू औषध गाँजासहित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी गराएका हुन् ।

विज्ञापन

चौधरी विरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here