विज्ञापन

पर्सा – पर्सा प्रहरीले प्रतिबन्धित लागू औषधसहित तीनजना युवकहरुलाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा बिहीवार साँझ वीरगंज महानगरपालिका वडा नं २१ हनुमान चोकमो बाप्र०३–००१ख१९९८ नंको मालबाहक ट्रकलाई खानतलासी गर्दा चालक बस्ने सिट पछाडीको सिटमुनी दुईवटा मलको बोरामा प्रतिबन्धित लागु औषध ओनेरेक्सको २२२ बोत्तल फेला परेको प्रहरीले जनाएको छ । ट्रक र लागू औषधसहित हेंटौडा उपमहानगरपालिका वडा नं ७ बस्ने वर्ष ३२ का अजय रोक्का, सोहि ठाउँ बस्ने वर्ष ३० का दीपेन्द्र अधिकारी तथा वीरगंज मनपा वडा नं २ बस्ने वर्ष १९ का विकास सर्राफलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

तीनैजना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here