sankalp lok sewa birgunj
वीरगंजस्थित सङ्कल्प लोकसेवा । तस्वीर : सौजन्य

पर्सा – बुधबार राती वीरगंजस्थित सङ्कल्प लोकसेवामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

वीरगंजस्थित सङ्कल्प लोकसेवाको कार्यालयमा आगलागी । तस्वीर : सौजन्य

जिल्ला प्रहरी कार्यालय, पर्सासँगै टाँसिएको जिल्ला सहकारी सङ्घ लिमिटेडको कोठा भाडामा लिएर सङ्कल्प लोकसेवा सञ्चालनमा थियो । बुधबार राती करिब १२ बजे आगलागी हुँदा सङ्कल्प लोकसेवाको लाखौंका विभिन्न उपकरण तथा कागजात जलेर खरानी भएको संस्थाका सञ्चालक अशोक कुमार साहले बताए ।

सञ्चालक साहले जिल्ला सहकारी सङ्घ लिमिटेडको गोदामको दक्षिणतर्फ रहेको कोठा भाडामा लिएर लोकसेवाको तयारी कक्षा सञ्चालन गर्दै आएको बताए । बुधबार सम्पुर्ण कामकाज सकाएर साँझपख आफू घर गएको र राती आगलागी भएको घट्नाबारे जानकारी पाएको उनले भने ।

वीरगंजस्थित सङ्कल्प लोकसेवाको कार्यालयमा आगलागी । तस्वीर : सौजन्य

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी तथा वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको भए पनि उक्त आगोलागीमा कार्यालय र कक्षा सञ्चालनमा प्रयोग हुँदै आइरहेका कम्प्युटर ६ थान, प्रिन्टर ४ थान, ल्याप टप ३ थान, प्रोजेक्टर २ थान, स्मार्ट बोर्ड ३ थान, ४३ इन्चको टिभी ५ थान, पङ्खा ४३ थान, एयर कन्डिशन १ थान, फ्रिज १ थान, डेक्स/बेन्च ६५ थान र नगद रु पैंतालीस हजार समेत नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, पाठ्यपुस्तक लगायत सामानहरु पुर्ण रूपले जलेर खरानी भएको सञ्चालक साहले बताए ।

साहले आगलागीको कारण यकिन नभएको र शङ्कास्पद देखिएकोले यस घटनाको छानबिन गर्न प्रहरी कार्यालय, पर्सामा लिखित निवेदन दर्ता गराएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here