दिनेश कुमार मिश्र, वीरगंज, ८ अषाढ । वीरगंज कलेजले बि.बि.एसमा अध्यनरत विद्यार्थीहरुलाई नेतृत्व क्षमता विकासको टेनिगको आयोजना वीरगंजको होटेल भिस्वामा सम्पन्न गरेको छ । शिक्षाको स्तर बढाउन आफू लागि परेका बताए । मात्र शिक्षाले पनि पूगदैन शिक्षाको साथ साथ विद्यार्थीहरुमा लर्नको साथ साथै अर्न कसरी गर्ने त्यसमा पनि हाम्रो वीरगंज कलेजले विशेष ध्यान दिएर अगाडि बढिरहेको बताए । आज वृद्धा आश्रम किन जरुरी छ कहि ना कहि शिक्षाको साथ साथै नैतिक जिम्मेवारी पनि विद्यार्थीहरुमा जानकारी गराउन जरुरी छ । आफना कलेजमा अध्यन गर्ने विद्यार्थीहरुलाई शिक्षाको साथ साथै जिवनमा लर्नको साथ साथ अर्नको धारणा पनि बूझन जरुरी रहेको बताए । हरेक विद्यार्थीहरुमा आत्मबल हून जरुरी छ साकारात्मह सोच जरुरी छ, लक्ष्य निर्धारण गर्न जरुरी रहेको कूरा सूझाएको थिए ।
अतिथिको रुपमा आएका संचारकर्मी जगत राई, निरज पिठाकोटे, सि.ए.मूकेश साह, वरीष्ठ पत्रकार उज्वल घिमिरे, पर्सा प्याबसनका अध्यक्ष आलोक चौरसिया,कृषि बैज्ञानिक विशेश्वर यादव, इ२४ न्यूजका व्यूरो प्रमूख राजू श्रेष्ठ, हरी गौतम लगायतले विद्यार्थीहरुलाई आफना अनूभव सूनाएर मनोबल बढाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here