पर्साको जगरनाथपुर गाउँपालिकाको ११ औं गाउँ सभाको अधिवेशन तथा आ।व। २०८१र०८२ को निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बबिता सिंहले ४४ करोड ३४ लाख २३ हजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी थिइन । उनले आय तर्फ नेपाल सरकारको समानिकरण अनुदान १० करोड ९७ लाख, प्रदेश सरकारको समानिकरण ७९ लाख ८२ हजार, नेपाल सरकारको राजश्व बाँडफाँड ९ करोड ३९ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड ५१ लाख १२ हजार ६ सय ८२, नेपाल सरकारको सर्शत चालु १५ करोड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारको सर्शत पुजीगत ९० लाख, नेपाल सरकारको विशेष अनुदान ९० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख र प्रदेश सरकारको विशेष अनुदान ३० लाख रहेको बजेट प्रस्तुत गरिन ।
उपाध्यक्ष सिंहले व्यय तर्फ भौतिक पूर्वाधार तथा विकास कार्यक्रममा ३९ करोड, कृषि तथा पशुमा ९९ लाख, शिक्षामा २ करोड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिचाईमा एक करोड ८४ लाख, खेलकुदमा ३७ लाख, लैंगिक समानता समाजिक समावेशीकरण तथा समाजिक सुरक्षा ५८ लाख बजेट छुट्याएको वताइन ।
यसैगरी वन तथा विपद व्यवस्थापनमा ३८ लाख, सोलार सौर्यवती तथा विजुली वती जडानमा ८५ लाख, मठ मन्दिर मस्जिद तथा संस्कृतिक सम्पदा जगेर्नामा ३ करोड ९० हजार, रोजगार तथा व्यवसाय प्रवर्धनमा १० लाख, कार्यालय संचालन प्रशासनिक खर्च तथा जनप्रतिनिधिहरुको सेवा सुविधा तथा कर्मचारीको तलब भत्तामा १० करोड ८८ लाख, नेपाल सरकारको सर्शत चालु १५ करोड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारको पुंजिगत खर्च ९० लाख, नेपाल सरकारको बिशेष अनुदान ५० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाअ र प्रदेश सरकारको विशेष अनुदान ३० लाख बजेट छुट्याएको उपाध्यक्ष सिंहले वताइन ।
श्री नेरामावि सन्ठिमा भएको गाउँ सभाको उद्घाटन नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए । सो कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, नेपाली कांग्रेसका महासमिति सदस्य रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, वडाध्यक्षहरु लक्ष्मी सा तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष यादव, प्रभु प्रसाद नुनिया, बिहारी महतो नुनिया, राम अयोध्या पटेल, नेपाली कांग्रेस पर्सा क्षेत्र नं। ४ का सचिव बलिष्टर अहमद, कोषाध्यक्ष विनय द्विवेदी लगायत गाउँ सभा सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख परमेन्द्र साहले गरेका थिए ।