वीरगंज, १५ भदौ । बहुदरमाई नगरपालिका भौराटारमा बहूदरमाई यूवाको समाजको सक्रियतामा निस्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पतालको आयोजनामा शिविर सम्पन्न भएको हो ।
प्राविधिक सहयोग वीरगन्ज सामुदायिक आँखा अस्पतालले गरेको थियो । नेपाली कांग्रेसका युवा नेता राकेश यादवले शिविरको आयोजना गर्न सहकार्य गरी ग्रामिण क्षेत्रका नागरिकको निशुल्क आँखा जाँच गर्नुका साथै मोतियाबिन्दुको उपचार गर्ने अभियान सुरु गरिएको बताए । बहूदरमाई नगरपालिकामा ९ वटै वडामा शिविर राखेर मोतियाबिन्दु देखिएकाहरुको निशुल्क उपचार गरी यस वर्षभित्र बहुदरमाईलाई मोतियाबिन्दु मुक्त बनाउन यहाका यूवाहरुले लागि परेको पनि उनले बताए ।
शिविरमा १ सय २८ जनाको आँखा जाँच गरिएकोमा ५३ जनामा मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका आँखा अस्पतालका मेडिकल अधिकृत महेस सिंह धामीले जानकारी दिए ।
शिविरमा फेला परेका मोतियाबिन्दुका विरामीलाई आइतबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यकृया गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।
बहुदरमाई युवा समाजले समाजको उत्थान गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको र यो निश्शुल्क आखा शिविर संचालन गर्न सहयोग गर्ने संघ संस्था, वीरगंज सामुदायिक आखा अस्पताल लगायत सबै कोषाध्यक्ष राकेश तीवारीले धन्यवाद दिएका छन् ।
शिविरमा युवा समाजका अध्यक्ष कृष्ण कुश्वाहा, सचिव सुवास सहति सबै सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।