वीरगंज, ०३ असोज । नेकपा एमाले पर्साको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। पर्साको वीरगंज रानीघाट स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रको झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता अधिवक्ता हरेराम सरार्फले संविधान एक गतिशील दस्तावेज भएको बताउँदै समयअनुसार जनचाहनाअनुरूप संशोधन गर्न सकिने कुरा व्यक्त गर्नुभयो। उहाले संविधानको मुलमर्म र मान्यताको विस्तृत रुपले व्याख्या गर्नु भएको थियो । जनताको मनोभावनालाई समेटेर नै यो दशौ संसोधित संविधान लेख्ने काम भएको हो । संविधानलाइ नै टेकेर राज्यको विकाश र समृद्धि सम्भव रहेको कुरा जानकारी समेत गराउनु भएको थियो । संविधानको विरुद्धमा विभिन्न भ्रम फैलाउनेहरू पनि एउटा चूनौतीको रुपमा अग्रसर रहेको र त्यस्ता असमाजिक तत्वसँग सतर्क रहन आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष डा.विशम्भर कुमार शर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य वीणा शर्मा, प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी, र जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ताले पनि संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन